Dywedwch wrthym a ydych chi'n derbyn cwcis ons.gov.uk

Rydym ni’n defnyddio cwcis i gasglu gwybodaeth am y ffordd rydych chi’n defnyddio cyfrifiad.gov.uk. Rydym ni’n defnyddio’r wybodaeth hon i sicrhau bod y wefan yn gweithio cystal â phosibl ac i wella ein gwasanaethau.

You have accepted all additional cookies. You have rejected all additional cookies. You can change your cookie preferences at any time.

Neidio i’r prif gynnwy

भाषा सहयोग र सहायता : Trosolwg

जनगणना भनेको के हो?

जनगणना एक सर्वेक्षण हो जो हरेक १० वर्षमा हुने गर्छ र जसले इङ्ल्याण्ड र वेल्समा रहेका सबै मानिसहरु र घरघरानाको तस्वीर प्रदान गर्छ । आगामी जनगणना 21 मार्च 2021 मा हुँदैछ ।

जनगणबाट सङ्कलन गरिएको जानकारील‍े तपाईंको क्षेत्रका सार्वजनिक सेवाहरु, भाषा सेवाहरु लगायतका योजना बनाउन र रकम प्रदान गर्न सहयोग गर्छ । उदाहरणका लागि, निश्चित क्षेत्रहरुमा एनएचएसले अनुवाद र भाषानुवादकका सेवाहरु प्रदान गर्नुपर्ने हुन सक्छ ।

The Office for National Statistics (राष्ट्रिय तथ्यांक कार्यालय) (ONS) ले इङ्ल्याण्ड र वेल्समा जनगणनाको योजना निर्माण र सञ्चालन गर्ने गर्छ ।

यसमा जनगणनालाइ कसले पुरा गर्नु पर्छ

जनगणनाले तपाईं र तपाईंको घरघरानाको बारेमा प्रश्नहरु सोध्छ, र इङ्ल्याण्ड र वेल्समा रहेका सबैले भाग लिनु जरुरी छ ।

Warning:

तपाईंले कानूनतः अनिवार्य रूपमा जनगणनामा सहभागी हुनै पर्छ

गलत विवरण दिनु र जनगणना पुरा नगर्नु कानुन उल्लङ्घन गर्नु हो त्यसो गरेमा तपाईंलाई 1000 पाउण्डसम्मको जरिवाना हुन सक्छ । केही प्रश्नहरुमा स्वैच्छिक भनेर स्पष्ट उल्लेख गरिएको हुन्छ । त्यस्ता प्रश्नहरुको जवाफ नदिँदा कानूनको उल्लंघन हुँदैन ।

Important information:

तपाईंका जवाफहरु कानूनद्वारा संरक्षित हुनेछन् र गोप्य राखिनेछन्

युकेमा तीन महिना वा त्योभन्दा कम समयदेखि बस्नु

युकेमा तीन महिना भन्दा कम समयसमय बस्नुभयो भने तपाईँ जनगणनामा सामेल हुन आवश्यक छैन । तपाईंको घरधनीले तपाईंलाई केही प्रश्न गर्न सक्छन् ता कि उनीहरुले घरमा बस्ने मानिसको बारेमा जनगणनाको प्रश्नहरु भर्न सकुन् ।

आफ्नो जनगणना कहिले भर्ने

सबै घरहरूले जनगणना 21 मार्च 2021 आइतबार कै दिन वा त्यसपछि सम्भव भएसम्म चाँडो सम्पन्न गरिसक्नुपर्छ ।

कोरोनाभाइरस महामारीको अवधिमा तपाईंको परिस्थितिमा परिवर्तन आएको हुन सक्छ । सबै प्रश्नहरुको जवाफ तपाईंको हालको अवस्थामा आधारित रही दिनुहोस् ।